एमाले नेता बादलले दिए रवि लामिछानेलाई सरकार पुनर्गठन गर्न सुझाव

नेपाल दर्पण, काठमाडौं ।
बालेन सरकारको कार्यशैलीले नागरिकको मौलिक हकमाथि प्रहार भइरहेको आरोप लगाउदै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपा सभापति रवि लामिछानेलाई सरकारको पुनर्गठन गर्न सुझाव दिएका छन । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले यस्तो सुझाव दिएका हुन् ।
‘रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुर्नगठन गर्न अविलम्ब पहल गर्नुपर्छ,’ उनले भने । उनले मुलुकको निकासका लागि तीनवटा विकल्प रहेकोमा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गरे । उनले तत्काल सरकार पुनर्गठन नगरिए राष्ट्रियता, लोकतन्त्र र जनजीविका पुनःस्थापनाका चारै दिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी दिए । उनले वर्तमान सरकार पाकिस्तानी मोडलमा सञ्चालन भइरहेको र विस्तारै उत्तर कोरियाली मोडलतर्फ अघि बढिरहेको आरोप पनि लगाए ।
बादलले भने, ‘…रास्वपाका सभापतिले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको अविलम्ब पुनर्गठन गर्नुपर्छ । अन्यथा २००७, २०४७, २०६५ सालको भन्दा विशाल, अल्कपनीय जनसुनामी आउनेछ ।’
