September 4, 2026

सन्दीप एकदिवसीय कप्तान नियुक्त, ट्वान्टी–२० मा भने दीपेन्द्रसिंह यथावत्

0
sandip

नेपाल दर्पण, काठमाडौं ।

एसिसी प्रिमियर कप २०२६ को कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई एकदिवसीय कप्तानमा नियुक्त गरिएको जानकारी दिएको हो । सन्दीपले सन् २०२२ को अगस्ट ३० मा पछिल्लोपटक नेपालका लागि कप्तानी गरेका थिए ।

आउँदो अगष्ट ३० देखि मलेसियामा एसीसी प्रिमियर कप हुँदै छ । लामिछानेको कप्तानी टोलीमा आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी र हेमन्त धामी छन् । ट्वान्टी–२० को कप्तानमा भने दीपेन्द्रसिंह ऐरी यथावत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *