September 4, 2026

सुनसरी र सिरहामा भएको घटनामा मृत्यु भएका ४ जनालाई सहिद घोषणा

0
sunsari

नेपाल दर्पण, काठमाडौं ।

सरकारले केही अघि सुनसरी र सिरहामा भएको घटनामा मृत्यु भएका ४ जनालाई नै सहिद घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सरकारले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव लाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । पोखरेलले भने, “प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरूप सहिद घोषणा गरिएको छ, यसले पीडित परिवारलाई राहत र न्यायको अनुभूति गराउनेछ ।”

सुनसरीको देवानगन्जमा भएको घटनामा तीन जना र त्यसपछि फैलिएको हिंसाका क्रममा सिरहामा एक जनाको मृत्यु भएको थियो । गृहमन्त्री सुधन गुरुङ र मृतक परिवारबीच भएको सहमतिबमोजिम गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो निर्णय पारित गरेको हो । मन्त्रिपरिषद् बैठकले सहिद घोषणाबाहेक कर छुट, वैदेशिक रोजगारी, कूटनीति र सुशासनसँग जोडिएका अन्य चार महत्त्वपूर्ण निर्णयहरू पनि सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *