June 3, 2026

सीमा विवाद सुल्झाउन भारत तयार तर अडान यथावत

0
modibalen

नेपाल दर्पण, काठमाडौं ।

भारतले नेपालसँगको सीमा विवाद सुल्झाउन वार्ताको टेबलमा बस्न आफू तयार रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो धारणा राखेका हुन् । तर, जैसवालले नेपाली भूमि लिपुलेकमा नेपालले दाबी गर्नु ठिक नभएको बताएका छन् । यद्यपी सीमा विवाद समाधानका लागि भारत नेपालसँग छलफल गर्न तयार रहेको उनले बताए ।

‘कैलाश मानसरोवर यात्रा १९५४ देखि चल्दै आएको छ । यो कुनै नयाँ चीज होइन, हामीले प्रस्ट रुपमा भनेका छौं उनीहरुको दाबी ठिक छैन । बाँकी हाम्रो र नेपालबीच जतिपनि मुद्दा छन् हामी संवादमा बसेर चर्चा गर्न तयार छौं,’ उनले भने । हामीले स्पष्ट रूपमा हाम्रो विज्ञप्तिमा भनेका छौँ कि लिपुलेक लगायतका क्षेत्रमा नेपालको एक पक्षीय दाबी ठिक छैन,” विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने, “बाँकी जति पनि मुद्दा भारत र नेपालबीचमा छ त्यसको लागि हामी बसेर छलफल गर्न तयार छौँ । यदि सीमा विवाद छ भने पनि हामी त्यसमा बसेर छलफल गर्न तयार छौँ । तर, यसरी एकतर्फी दाबी गर्नु, फलानो चिज हाम्रो हो भन्नु तरिका ठिक होइन ।”

भारत र चीनले जुनदेखि अगष्टसम्म भारत नियन्त्रित नेपाली भूमि लिपुलेक हुँदै तीर्थयात्रा सुचारु गर्न लागेपछि नेपालले आपत्ति जनाएको थियो तर भारतले भने आफ्नो अडानमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै लिपुलेकबाट तीर्थ सुरु गर्ने कार्यको विरोधमा भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *