October 11, 2026

भोटेकोसीको बाढीले ७,५७० घर र ४८ सार्वजनिक भवनमा क्षति

0
bhote4

नेपाल दर्पण, काठमाडौं ।
सरकारले भोटेकोसी नदीमा आएको बाढीले पु¥याएको क्षतिको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार, ७,५७० निजी घरमा बाढीले क्षति पु¥याएको छ । ४८ वटा सार्वजनिक भवनमा क्षति पुग्दा १८ वटा विद्यालयमा पनि क्षति पुगेको छ । जसमध्ये ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षति भएका छन् भने ७ वटामा आंशिक क्षति पुगेको छ ।

यस्तै, सातवटा स्वास्थ्य संस्थामा क्षति पुगेको र ३० सम्पदास्थलमा क्षति पुगेको तथ्यांकमा उल्लेख छ । बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवामा पर्न सक्ने अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यकता पहिचान गरी थप विशेषज्ञ जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री परिचालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *