September 4, 2026

धवल शमशेर जबरा र दुर्गा प्रसाईं मिलेर खोले ‘जय नेपाल पार्टी’

0
dhaval1

नेपाल दर्पण, काठमाडौं ।

राप्रपा छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा धवल शमशेर जबरा र राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं मिलेर नयाँ राजनीतिक दल गठन गरेका छन् । दुबै जना मिलेर ‘जय नेपाल पार्टी’ गठन गरेका हुन । पार्टीको सर्वोच्च नेता प्रसाई बनेका छन भने राणा अध्यक्ष ।

केही समयअघि एकता गरेका यी दुई समूहले पार्टीको नाम राख्नका लागि उपसमिति गठन गरेको थिए । उपसमितिको सिफारिसमा पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखिएको अध्यक्ष राणाले जानकारी दिए । “उपसमितिको सिफारिसअनुसार नाम ‘जय नेपाल पार्टी’ राख्ने निर्णय भयो,” डा. राणाले मिडीयमसँग कुरा गर्दै भने, “पार्टीको कार्यकारी अधिकारसहित अध्यक्ष म (धवल) र सर्वोच्च नेता दुर्गा प्रसाईंजी रहने पनि निर्णय भएको छ ।”

त्यसबाहेक अन्य पदाधिकारी भने तत्कालका लागि हुने छैनन् । उनका अनुसार प्लेन केन्द्रीय समिति बनाएर समय क्रममा पार्टीले नेताहरूलाई उपयुक्त जिम्मेवारी तोक्नेछ । उनीहरूले दल दर्ताका लागि आगामी साउन २८ गते निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *