September 4, 2026

दुर्गा प्रसाईं पक्राउ पर्ने थुनिने अनि रिहा हुने क्रम जारी

0
durgap

नेपाल दर्पण, काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्ने थुनिने अनि रिहा हुने क्रम चलिरहेको छ । हिजो सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनी आज फेरि छुटेका छन । जहाँ ७ दिनको म्याद मागिएको थियो । तर अदालतले भने म्याद थप नगरेपछि प्रसाईं रिहा भएका हुन् ।

थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार नदेखिएपछि दुर्गा प्रसाईलाई अदालतले छाड्न आदेश दिएको हो । मुख्य न्यायाधीश नवराज दाहालको इजलासले प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार नदेखिएको भन्दै अनुमति नदिएको अदालत स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले म्याद थपका लागि सोमबार भक्तपुर जिल्ला अदालतमा पेश गरेको थियो । प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *