August 2, 2026

नेजसको १० औं केन्द्रीय महाधिवेशन मुम्बईमा जारी, अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी

0
nejasa

नेपाल दर्पण, मुम्बई ।

नेपाली जनसम्पर्क समिति भारतको १० औं केन्द्रीय महाधिवेशन मुम्बईको नजिकै स्थित भायन्दरमा चलिरहेको छ । केन्द्रीय अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन । मुम्बईबाट ऊर्जावान युवा नेता एम. बी. बोहोरा तथा अनुभवी नेतृत्व डाँ. एसडी सिँहले उम्मेदवारी दिएका छन । यसैगरि केन्द्रिय अध्यक्ष पदका लागि बैंगलोरबाट दिपक झा, भोपालबाट लीलामणी पाण्डे र दिल्लीबाट दुईजना ललीत जिसी कुवँर र धर्मागत काफ्लेले उम्मेदवारी दिएका छन । सबै उम्मेदवारहरुले आफुलाई नेतृत्वमा आउने अवसर दिए संगठनलाई बलियो बनाउने प्रतिबद्धतासहित आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

केन्द्रिय अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका सबैले आफुलाई अमूल्य मत, साथ र समर्थन प्रदान गरी विजयी गराइदिन अनुरोध गरेका छन । महाधिवेशनमा सहभागि हुनका लागि भारतभरि र नेपालबाट विभिन्न पदमा आसिन व्यक्तिहरु उपस्थित भएका छन । दुईदिने उक्त अधिवेशनमा शनिवार विभिन्न पदाधिकारीले आ–आफ्नो मन्त्व्य राखिसकेका छन भने आइतवार नयाँ नेतृत्वको छिनोफानो हुनेछ । महाधिवेशनमा केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डेले आफ्नो कार्यकालमा आफुले गरेका राम्रा कामहरुको फेहरिस्त बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन थापा आउने भनिएपनि अन्तिम समयमा विविध कारणले आउन नसकेको नेपाल दर्पणलाई केन्द्रिय अध्यक्ष पदका दाबेदार एम. बी. बोहोराले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *