July 21, 2026

सभ्य समाजका तीन आधारस्तंभः अनुशासन, नैतिकता र मर्यादा

0
udayraj

अनुशासन (Discipline), नैतिकता (Ethics), र मर्यादा (Decor/Dignity) मानव जीवन र सभ्य समाजका तीन आधारस्तम्भ हुन्। यी गुणहरूले मानिसलाई संयम, कर्तव्यनिष्ठ र मर्यादित बनाउँछन्, जसले गर्दा समाजमा सुव्यवस्था र सद्भाव कायम रहन्छ। यी तीनवटै अवधारणालाई प्रयोग तल उल्लेख गरिएको रहेको छ ।

अनुशासन (Discipline):

नियम, संयम र जिम्मेवारीपूर्वक आचरण गर्ने स्वभाव अनुशासन हो। यसले मानिसलाई आफ्नो कर्तव्य पालना गर्न र समयको महत्व बुझ्न सिकाउँछ। अनुशासित व्यक्तिले समाजमा सधैं आदर र सम्मान पाउँछन्।

नैतिकता (Ethics):

सही र गलत छुट्ट्याउने आन्तरिक मापदण्ड नैतिकता हो। यसले इमानदारी, सत्यनिष्ठा र मानवताका आधारभूत मूल्यहरूलाई पछ्याउँछ। नैतिक आचरणले मानिसलाई गलत बाटोमा जानबाट रोक्छ।।

मर्यादा (Dignity):

समाजमा रहँदा पालना गर्नुपर्ने शालीनता, शिष्टाचार र सीमा नै मर्यादा हो। ठूलालाई आदर र सानालाई माया गर्ने मानवीय व्यवहार मर्यादाको परिधिभित्र पर्छ। ।। यी तिनै कुरा एक-अर्काका परिपूरक हुन्। अनुशासनले मानिसलाई नियममा बाँध्छ, नैतिकताले सही बाटो देखाउँछ र मर्यादाले समाजमा प्रतिष्ठा बढाउँछ।

उदयराज खड्का,

पूर्व क्षेत्रिय अध्यक्ष,

नेपाली जनसम्पर्क समिति भारत पश्चिम भारत क्षेत्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *