July 21, 2026

बालेन सरकारको १०० दिनको उपलब्धी शून्यःप्रचण्ड

0

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको एकसय दिन असफल पुरै रुपमा असफल भएको बताएका छन । उनले जनतालाई दिइएको आश्वासन अनुसार बालेन्द्र शाह नेतृत्वको सरकारले काम गर्न नसकेको बताए ।

लुम्बिनी प्रदेशस्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका उनले पत्रकारहरूसँग बोल्दै “जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यसअर्थमा यो सरकारका १०० दिन पूर्णतः असफल भएको देख्छु म,” उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले नै वाम एकताको कुरा नभएको तर सहकार्यको लागि समन्वय गरेको जनाएका छन्। उनले भने, ‘वाम एकताभन्दा पनि कांग्रेस–एमाले–लगायत सबैसँग सहकार्यको कुरा हो, अहिले एकताको कुरा छैन, सहकार्यमा हामीले त्यसमा समन्वय गरिराखेका छौं ।’ कार्यक्रममा सहभागि हुनका लागि नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनालसहितका पार्टीका शीर्ष नेताहरू बुटवल आएका छन् ।
पुरा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *