रुपन्देही अदालतले फिर्ता लियो रविमाथि लागेको सम्पत्ति शुद्धीकरणको मुद्दा
नेपाल दर्पण, काठमाडौं ।
रुपन्देही जिल्ला अदालतले पनि रास्वपा सभापति रवि लामिछानेमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ ।
न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश गरेको हो । रविसँगै यो मुद्दामा मुछिएका जीबी राई, कुमार रम्तेललगायत विरुद्ध चलेका मुद्दा फिर्ता भएको हो । सहकारी ठगीको मुद्दा भने कायमै रहेको छ ।
