July 22, 2026

मुम्बईका नेपाली विद्यार्थीहरुलाई नेपाली समाज कल्याण संघले गर्यो नोटबुक तथा ट्रफी वितरण

0
book

नेपाल दर्पण, मुम्बई ।

शिक्षाको विकास र बालबालिकामा पठन संस्कृतिको विकास गर्ने मुख्य उद्देश्यका साथ नेपाली समाज कल्याण संघ मुम्बईले मुम्बई तथा आसपास छरिएर रहेका नेपाली विद्यार्थीहरुलाई नोटबुक तथा ट्रफी वितरण गरेको छ । मुम्बईको दादर स्थित नायर समाज भवनमा गत आइतवार आयोजित उक्त कार्यक्रममा दर्जनौं विद्यार्थीहरुलाई थप उज्जवल भविष्यको कामना गर्दै बुक वितरण गरिएको हो ।

उक्त कार्यक्रमा प्रमुख अतिथी शिवसेना (उ ब ठ) की नगरसेविका श्रीमती हर्षला आशिष मोरेको गरिमामय उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीहरुलाई हौसला प्रदान गर्न गरिएको कार्यक्रमको उच्च स¥हाना गर्दै भारत होस या नेपाल सबै बालबालिकाहरुलाई शिक्षाको समान अधिकार छ भन्दै विद्यार्थीहरुलाई संघर्ष गर्दै अगाडी बढ्न र नेपालको नाम उच्च राख्न अनुरोध गरेकी थिइन । यस्तै कार्यक्रममा अन्य अतिथीहरु विष्णा बाघ सिंह, मनोज कोटाल, जनक कोटल, भारत मास्टर, अशोक बाघ सिंह, एम.के. सिंह, संस्थाका उपाध्यक्षद्वय प्रकाश आउजी, गगन नगरजी, कोषाध्यक्ष सुरेश नगरजी, सहकोषाध्यक्ष जगत सिंह, सचिव टंक परियार, शिक्षा प्रमुख ध्वोजमान तिखातरी, प्रवक्ता राजेन्द्र थलारी, प्रमुख सल्लाहकार मदन सिंह, वरिष्ठ सल्लाहकार हरकदास, युवा प्रमुख दिलीप देवकोटा, मीडिया प्रभारी, बिक्रम तिखातरी, संस्कृति सचिव शरद औजी, महिला अध्यक्ष श्रीमती निशा मास्टर लगायत महिला उपाध्यक्ष श्रीमती सुरेखा ठाकुरको उपस्थिती रहेको थियो ।

स्मरण रहोस संघले पहिले देखिनै विभिन्न सामाजिक कार्य गर्नुका साथै मुम्बईमा अध्ययनरत विद्यार्थीहरूको पठन क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित संस्था अघिबढिरहेको संस्थाका विविध पदमा आसिन प्रतिनिधिले कार्यक्रमलाई सम्बोधन गर्दै जानकारी दिएका थिए । नोटबुक वितरण पश्चात् विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए । नोटबुक प्राप्त गर्ने विद्याथीहरुका अभिभावकहरुले संस्थाको यस सराहनीय कार्यप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले यस प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरूको बौद्धिक दायरा फराकिलो बनाउन र हौशला उच्च बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा उपस्थित धेरैजसो व्यक्तिहरुले संस्थाको यस निःशुल्क बुक वितरण अभियानलाई निकै स्वागतयोग्य कदम भनेका छन् । कार्यक्रममा स्थानिय कलाकारहरुले विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन भरत जिजाकोटीले गरेका थिए ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *