बालेन शाहले भत्काए केपी ओलीको लालकिल्ला गरे ५० हजार मतले पराजित

नेपाल दर्पण, काठमाडौं

बालेन्द्र शाहले केपी ओलीको लालकिल्ला भत्काएका छन । ओलीलाई उनले ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित भए । प्र्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा क्षेत्र नम्बर ५ बाट शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पनि झापा–५ मा धेरैको चासो थियो ।

ओली ०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । त्यतिबेला ओलीले ५२ हजार ३ सय १९ मत पाउँदा अधिकारीले २३ हजार ७ सय ४३ मत मात्रै ल्याएका थिए । ३६ वर्षीय बालेन्द्र शाह (बालेन) पेशाले इन्जिनियर हुन् । ४ वर्ष अगाडिसम्म ¥यापरका रूपमा नयाँ पुस्ताबीच मात्र चर्चित रहेका उनी काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै चर्चाको चुचुरोमै पुगे । नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, ¥यापर तथा कवि–लेखक शाहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *