मतदान स्थलमा जान रोक्न खोजे कारवाही, नेपाल भारत सीमा बन्द
नेपाल दर्पण, काठमाडौं ।
यहि फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यका लागि मतदानमा मतदातालाई मतदान स्थलमा जान कसैले पनि रोक्न खोजे कानूनी कारवाही हुने भएको छ । ‘कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न खाजे निर्वाचन आचासंहितामा अनुसार२५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ । र, मतदाताले पनि एकभन्दा बढी पटक मतदान गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
निर्वाचन आयोगले यी लगायत निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ । आयोगले सोमबार विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो । आयोगका अनुसारनिर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भएको छ । २१ फागुनको निर्वाचनका लागि आयोगले ४ फागुनदेखि १८ फागुनसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यो मतदानको प्रक्रिया सुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ ।
यस्तै विभिन्न जिज्लाका जिल्ला प्रशासन कार्यालयहरुले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो । नाका बन्द गरिएको अवधिमा पनि सुरक्षा अधिकारीहरूबाट प्रमाणित भएका आकस्मिक स्वास्थ्य सेवा प्रदायक एम्बुलेन्सलगायत सवारीसाधन भने सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सीमानाका नभए पनि चिवाभञ्ज्याङ, फालोटलगायत क्षेत्रबाट सवारीसाधन र मानिस आवागमन हुने गरेका कारण प्रशासन सो कार्यमा रोक लगाएको हो ।
