नेतृत्व तह सुध्रिए एमालेसँग फेरि एकता हुन्छः माधवकुमार नेपाल

नेपाल दर्पण, चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फेरि एमालेसँग एकताको कुरा गर्न लागेका छन । एकताका लागि आत्मसमीक्षा, खुल्लापन र इमान्दारिता आवश्यक पर्ने उनले बताएका छन । उक्त कुरा उनले नेकपा (एकीकृत समाजवादी) चितवनको १० औँ जिल्ला अधिवेशनमा बालेका हुन ।

उनले भने, “संविधान र गणतन्त्रको विरोधी शक्तिसँग हातेमालो गर्न सकिँदैन ।” अहिले पार्टी गठबन्धनमा रहेको भए पनि चैन भने नरहेको भन्दै उनले आक्रोश पोखे । उनले भने, “केही विमति छन् । कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैन ।” देशलाई समृद्धिको यात्रामा लैजान पहिला जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए । समाज परिवर्तन र बेथिति अन्त्यका लागि पार्टीका कार्यकर्ता लाग्नुपर्ने भन्दै उनले नेकपा एमालेप्रति लक्षित गर्दै नेतृत्व तह सुध्रिएर आए आफूहरु एकताको पक्षमा रहेको बताए ।

वामपन्थी शक्ति एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताउँदै उनले विचार, सोच मिल्ने शक्तिसँग एकताबद्ध बनाउन सकिने बताए । नेपालका कम्युनिष्ट दलमा अहिले खिया लागेको उनले बताए । उनले थपे, “कम्युनिष्ट दलहरुमा लागेको खिया हटाउन हामी आएका हौं ।” अहिलेको राजनीतिमा कम्युनिष्ट आन्दोलनको विषयमा बहस हुन आवश्यक रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *