नेपाल वेस्ट इन्डिजसँग ७६ रनले पराजित

नेपाल दर्पण, काठमाडौं ।

तेस्रो टी–२० मा नेपाल वेस्ट इन्डिजसँग ७६ रनले पराजित भएको छ । २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४ बल बाँकी छँदै १ सय ५१ रनमा अलआउट भएको हो । नेपालका लोकेश बम र करण केसीले समान २८ रनको योगदान गरे । कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४ रन बनाउँदा अरू ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । उसका लागि जोन्सन चार्ल्सले शतकीय पारी खेले । ६१ बल खेलेका उनले १३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट ११९ रन जोडे । आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रनको योगदान गरे । फाबियान एलेनले १९, एलिक एथानाजले १७ रन बनाउँदा किमो पोल १३ रनमा अविजित रहे । नेपालका सागर ढकाल र करण केसीले १–१ विकेट लिए ।

जितसँगै पाँच खेलको श्रृंखलामा वेष्टइण्डिजले २–१ को अग्रता बनाएको छ । यसअघि भएका दुई खेलमध्ये दुवै टिमले एक–एक खेल जितेका थिए । यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले तीन विकेटको क्षतिमा २२७ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि चार्ल्सले ११९ रन बनाए। उनले ६१ बलमा १३ चौका र सात छक्का प्रहार गरे । कप्तान एन्ड्रु फ्लेचरले अर्धशतक बनाए। उनले ३३ बलमा चार चौका र तीन छक्का प्रहार गरे। त्यस्तै, फबिअन अलेनले १९, एलिक एन्थेनेजले १७ र किमो पउलले १३ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *