आन्दोलनमा घाइते डाँगीको उपचारकै क्रममा निधन

नेपाल दर्पण, काठमाडौं ।

राप्रपाले चैत २७ गते गरेको आन्दोलनमा घाइते भएका एकजनाको मृत्यु भएको छ । आन्दोलनको क्रममा ठाकुरप्रसाद डाँगी घाइते भएका थिए । उनको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन ।

नका अनुसार आन्दोलनका क्रममा प्रहरीको अश्रग्यासबाट डाँगी गम्भीर बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको बताउँदै श्रेष्ठले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

श्रेष्ठले दिएको जनकारीअनुसार उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट डाँगीको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *