एक वर्षमा युएईमा १६५ नेपालीको मृत्यु, १७६ जना जेलमा

नेपाल दर्पण, काठमाडौं ।

गत वर्षमात्रै यूएईमा १६५ जना नेपालीको मृत्यु भएको छ । तीमध्ये बिरामी वा हृदयघात (प्राकृतिक) भई मृत्यु हुने ९२ जना र आत्महत्या गर्नेको संख्या ४२ जना रहेको छ । २७ जनाको दुर्घटनामा मृत्यु भएको थियो ।

त्यसैगरी यो वर्ष ४ जनाको हत्या भएको छ । सन् २०२२ को यही अवधिमा १ सय ८५ नेपालीको मृत्यु भएको थियो । त्यसैगरी सन् २०२१ मा १३६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कति महिला र कति पुरुष खुलेको छैन । गत ५ वर्षको अवधिमा १७ सय ६६ नेपालीको मृत्यु भएको छ । जसमध्ये सन् २०२० र २०२१ मा गरेर ५० जना नेपालीको मृत्यु कोभिडको कारण भएको थियो ।

त्यसैगरी यूएईको जेलमा रहने नेपालीहरूको संख्या १ सय ७६ रहेको छ । दूतावास स्रोतका अनुसार अधिकांश नेपालीहरू लागुऔषध र मदिरासम्बन्धी अभियोगमा यूएईको जेलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *