October 20, 2026

खगेन्द्र सुनारसँग पार्टीले माग्यो स्पष्टीकरण, प्रहरीले थाल्यो अनुसन्धान

0
khagendra

नेपाल दर्पण, काठमाडौं ।

विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका सांसद खगेन्द्र सुनारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २४ घण्टे स्पष्टीकरण मागेको छ । महामन्त्री विपिनकुमार आर्चायले यस विषयमा अनुसन्धान गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन । रास्वपाले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि रोक लगाएको छ ।

बागमती प्रदेशकी तत्कालीन पूर्वराज्यमन्त्री रहेकी महिलासँग सांसद सुनारले आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको विषयमा अनुसन्धान गर्न पार्टीले तत्काल आन्तरिक छानविन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।

यता सार्वजनिक अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ । सांसद सुनार र ती महिलाबीच भएको भनिएको आपत्तिजनक अडियो रेकर्ड सोमबार ‘लिक’ भएको थियो । अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले पनि आन्तरिक रूपमा बुझ्ने काम अघि बढाएको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले अडियोको सत्यताबारे बुझ्ने काम गरिएको जानकारी दिए ।

“हामीले पनि समाचार र समाजिक सञ्जालमार्फत नै अडियोबारे जानकारी पाएका हौँ । यसको बारे बुझ्ने काम भइरहेको छ । हामी हाम्रो तरिकाले बुझिराखेका छौँ,“ डीआईजी काफ्लेले भने । पक्राउ गरेर अनुसन्धान गर्नका लागि भने पीडित महिलाको जाहेरी आवश्यक पर्ने काफ्लेले बताए । उनले भने, ‘हामीलाई महिलाले कुनै न कुनै रूपमा उजुरी दिनु नै पर्ने हुन्छ । आफैँ उपस्थित भएर वा अनलाइनमार्फत भए पनि उजुरी आवश्यक हुन्छ । महिलाले उजुरी नदिए हामी आफैँ अनुसन्धान गर्न मिल्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *