October 20, 2026

वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

0
rastra

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजीम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरेका प्रवक्ता भण्डारीले जानकारी दिएका छन् । वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

२१ असोजको मन्त्रिपरिषद् बैठकले भूमि, वन र विपतसम्बन्धी ऐन संशोधन गर्ने तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। विपतसम्बन्धी अध्यादेश राष्ट्रपतिले २३ असोजमै जारी गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *