October 13, 2026

कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

0
chandra

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी ३ हजार ७३५, मधु आचार्य २ हजार ३४२ र विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका छन् । यस्तै महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर र डिला संग्रौला निर्वाचित भएका छन् ।

यसैगरि खुला उपसभापतिमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्र मोहन यादवले ७६० मत पाए । समावेशी उपसभापतिमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

महिला उपसभापतिमा यसअघि नै पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी थिइन् । वरिष्ठ उपसभापति पदमा पनि विश्व प्रकाश शर्मा निर्विरोध भएका थिए । कांग्रेसको संशोधित विधानमा वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति हुने व्यवस्था छ । कांग्रेसको वरिष्ठ उपभापतिमा विश्वप्रकाश शर्मा तथा महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् । सहमहामन्त्रीलगायत अन्य पदमा मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *