कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । पार्टीको १५औं महाधिवेशनअन्तर्गत भएको चुनावमा प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार थापाले ६५८४ मत ल्याउँदा खड्गीले ३७५ मत प्राप्त गरेका छन् । कूल ७०१३ खसेको मतमध्ये ५४ मत बदर भएको समितिले जनाएको छ । थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन् ।
