October 11, 2026

शिक्षक लगायत सरकारी सेवामा संलग्न कर्मचारीले राजनीति गरे कारवाही हुने !

0
teacher

नेपाल दर्पण, काठमाडौं ।
नेपालमा राजनीतिक दल सम्बन्धी ऐन २०७३, निजामती सेवा ऐन, शिक्षा ऐनमा सरकारी सेवामा संलग्न हुने कर्मचारीसम्बन्धी विभिन्न ऐनमा सार्वजनिक दलमा बहाल रहेका व्यक्तिहरूले राजनीतिमा भाग लिन नपाइने प्रावधान छ । तर पनि यो नियमलाई उल्लंघन गर्दै शिक्षकहरू पार्टीको कार्यक्रममा जाने गरेका छन् । अब सरकारले अब यस्ता गतिविधिलाई निगरानी गर्ने भएको छ ।

शिक्षामन्त्री सस्मित पोखरेलले सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ लगायत सम्बन्धित निकायलाई निगरानी गर्न र राजनीतिमा संलग्न रहेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिन थालेपछि शिक्षामन्त्री पोखरेलले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

शिक्षा ऐन, २०२८ को दफा १६ ङ, को उपदफा (५) को खण्ड (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने व्यवस्था रहेको छ । शिक्षा विकास तथा समन्वय एकाइहरूले पनि निगरानी गर्न र राजनीतिमा लागेका शिक्षकहरूलाई कारबाही गर्न स्थानीय तहलाई पत्रचार नै गरेर निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *