१३ देशमा राजदूतको नाम सिफारिस, भारतका लागि निश्चलनाथ पाण्डे

नेपाल दर्पण, काठमाडौं ।
सरकारले १३ देशमा राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सिफारिस भएकाहरूलाई संसदीय सुनुवाइका लागि अब सरकारले सङ्घीय संसद्मा पठाउनेछ । सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारले सम्बन्धित मुलुकहरूमा सहमतिका लागि (एग्रिमो) पठाउने छन् । एग्रिमो प्राप्त भइसकेपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत पदमा नियुक्ति गर्ने व्यवस्था छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न र नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
प्रस्तावित राजदूतहरू
१. निश्चलनाथ पाण्डे– भारत
२. कल्याणराज शर्मा– चीन
३. चिरनजंग थापा–अमेरिका
४.गौरव शमशेर जंगबहादुर राणा–संयुक्त अधिराज्य (यूके)
५. जिग्यानकुमार थापा – जापान
६. सुरेशकुमार कर्ण – इजरायल
७. प्राप्ति शेरचन – स्पेन
८. शरू जोशी– जर्मनी
९. पद्माक्षी राणा– ओमान
१०. चूडामणि खरेल– मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ– दक्षिण कोरिया
१२. डा. मंचला झा– श्रीलंका
१३. गिरीबहादुर सुनार– साउदी अरेबिया
