पहिलोपटक नेपाल-बंगलादेशबीच अन्तर्राष्ट्रिय टी–२० सिरिज हुदै

नेपाल दर्पण, काठमाडौं ।
नेपाल र बंगलादेशबीच तीन खेलको अन्तर्राष्ट्रिय टी–२० सिरिज आयोजना हुने भएको छ । नेपालले बंगलादेशसँग पहिलोपटक सिरिज खेल्न लागेको हो । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को संयुक्त पहलमा यो सिरिज हुन लागेको नेपाल क्रिकेट संघ (क्यान) र सचिव पारस खड्काले जानकारी दिए । उनका अनुसार २६ मार्च २०२७ मा पहिलो म्याच हुनेछ । २८ मार्चमा दोस्रो र ३० मार्चमा तेस्रो म्याच हुने विज्ञप्तिमा उल्लेख छ ।
सिरिजका लागि बंगलादेशको टोली नेपाल आउनेछ । यसअघि नेपालले टेस्ट राष्ट्रमध्ये वेस्ट इन्डिजसँग टी–२० सिरिज खेलेको थियो । यस्तो प्रतिस्पर्धाका लागि बंगलादेशका लागि नेपाली राजदूतले पनि प्रयास गरिरहेका थिए । आगामी वर्ष नेपालले बंगलादेशमा हुने एसिया कपमा प्रतिस्पर्धा गर्दै छ । सो प्रतियोगिताअघि नेपाल र बंगलादेशबिच टी–२० शृंखला हुन लागेको हो । तीनै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । खेलहरु १२, १४ र १६ चैतमा हुनेछ ।

