ओली पत्नी राधिका शाक्य सहित बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगे

नेपाल दर्पण, काठमाडौं ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्य सहित बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर गएका छन । अध्यक्ष ओली शुक्रबार बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरलगायत स्थानको अवलोकनका लागि त्यसतर्फ गएका हुन् । त्यस क्रममा उनले प्रभावित स्थानीयहरूसँग समेत कुराकानी गरेका छन् । यसअघि उनी प्रभावित क्षेत्र धादिङको गल्छी गएका थिए ।
अध्यक्ष ओली नेतृत्वको टोलीले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीडितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिन गएका हुन । एमालेले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समिति गठन गरेको छ । पार्टीका तर्फबाट एमालेले एक करोड २० लाख सरकारको कोषमा सहयोग गर्ने घोषणा गरेको छ ।
यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
