नेजसको १० औं महाधिवेशनले चुन्यो दीपक झालाई अध्यक्ष, पाण्डे र बोहोरा पराजित

नेपाल दर्पण, मुम्बई ।
नेपाली जनसम्पर्क समिति भारतकोे १० औं महाधिवेशनमा दीपक झा अध्यक्षमा चुनिएका छन । मुम्बईको नजिकै भायन्दरमा आयोजित दुइदिने महाधिवेशनपछि भएको चुनावमा झाले ९५ मत पाएका हुन । यसैगरि उनका प्रतिद्वंद्वी लीलामणि पाण्डेले ७७ मत र मीन बोहोराले मात्र ३६ मत पाएका थिए । महाधिवेशनमा २१० मत मत परेको थियो जसमा २ मत बदर हुँदा २०८ मत सदर भएको थियो ।
कार्यक्रमको उद्घाटन समारोहमा नेपाली कांग्रेसका केंद्रीय सदस्य हिमबहादुर रावल, सहमहामन्त्री अम्बिका चलाउने और निमा गिरी सहित अन्य नेताले आफ्नो उपस्थिती जनाएका थिए । महाधिवेशनमा प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरेको भए पनि नेपाली कांग्रेसका सभापति गगन थापा अनुपस्थित भएका थिए । भारतमा ककरोच जनता पार्टीको आन्दोलन भएका कारण सभापति अनुपस्थित भएपनि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि शनिबारै दिउँसो ककरोच पार्टीले आन्दोलन स्थगन गरिसकेको छ ।
स्मरण रहोस, महाधिवेनशले अध्यक्षलाई मात्रै निर्वाचित गर्ने प्रावधान छ । अन्य पदाधिकारी र सदस्यहरू निर्वाचित अध्यक्षले मनोनीत गर्ने प्रचलन रहेको छ । यसअघि दुई कार्यकाल बालकृष्ण पाण्डे अध्यक्ष थिए ।
