चाहे एकै दिनमा सरकार उल्ट्याउन सक्छौंः प्रचण्ड

नेपाल दर्पण, काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लेआफुहरुले चाहे एकै दिनमा सरकार उल्ट्याउन सक्ने बताएका छन् । “हरेक पार्टीले आफ्नो गच्छे र क्षमताअनुसार देशभरिबाट ५÷७ लाख जनता काठमाडौंमा र हरेक सदरमुकाममा एक डेढ लाख जनता यत्रार्ने हो भने आफै सत्ता परिवर्तन हुने बताए । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चाहे एकै दिनमा सरकार उल्टिने बताएका हुन् ।
यतिमात्रै हैन, ’प्रचण्ड’ ले राष्ट्रलाई जोगाउने प्रमुख जिम्मेवारी वामपन्थी र कम्युनिस्ट पार्टीहरूको रहेको बताएका छन् । उनले भने,े यो परिवर्तन ल्याउन त्यत्ति ठूलो विद्रोह, परिवर्तन, आन्दोलन, संविधानसभा गरे यहाँ आइपुग्यौँ । हामीहरूलाई नै बढी यो राष्ट्रको चिन्ता छ ।” नेपालमा असंलग्न नीति रहे पनि यसपटक दलाई लामाको जन्मोत्सव मनाएर उल्लंघन गरिएको उनले बताए । यी सबै सामान्य कुरा नरहेको उनको भनाइ छ ।
