July 22, 2026

रास्वपा पतन भएपछि राप्रपा वैकल्पिक शक्तिका रूपमा अगाडी आउछःराजेन्द्र लिङदेन

0
rajlin

नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन भएपछि राप्रपा अघि आउने बताएका छन । शनिबार (असार १३) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले छिट्टै रास्वपा पतन हुने जिकिर समेत गरेका छन । उनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न आफूलाई बदल्नुपर्ने बताए । पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उनले औँल्याए ।

उनले रास्वपाको पतनको प्रतीक्षा गरेर मात्र राप्रपाको उदय नहुने बताउदै पार्टीले संगठन संरचना, कार्यशैली र गतिविधिमा व्यापक सुधार गरी जनतालाई ‘राप्रपा फेरिएको र सुध्रिएको’ सन्देश दिनुपर्नेमा उनले जोड दिए । पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरी एकता, आपसी विश्वास र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने बताए । उनले नेताको पछि लाग्ने नभई जनतालाई साथमा लिएर पार्टी बलियो बनाउन लाग्न आह्वान गरे । उनले पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे।

जनताले राप्रपालाई ठूलो मत नदिए पनि देशमा राजनीतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा जोगाइराखेको उनले टिप्पणी गरे । आउँदा दिनमा राप्रपा बलियो वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने उनको भनाइ छ । हामीले जनतालाई राप्रपा फेरियो र सुध्रियो भन्ने सन्देश दिनुपर्छ । अब गुट उपगुटको कुनै नेताको पुच्छर समाएर पार्टीमा टिक्ने होइन, जनताको हातमा हात मिलाएर यो पार्टीमा टिक्ने र यो पार्टीलाई बलियो बनाउने काममा हामी लाग्नुपर्छ ।’

उनले पार्टी कार्यकर्तालाई महाधिवेशनमा जुट्न पनि निर्देशन दिए । महाधिवेशन मंसिर २६, २७ र २८ गते तोकिएको समयमै हुने उल्लेख गर्दै उनले निर्वाचन तालिकानुसार नै तल्लो तहको अधिवेशन गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *