July 22, 2026

एउटै मञ्चमा देखिदै ओली–प्रचण्ड–माधव–झलनाथ, विद्या र उपेन्द्र

0
neta1

नेपाल दर्पण, काठमाडौं ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा रहेका चार कम्युनिष्ट नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका भएका छन । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका छन् ।

भदौ २३ र २४ गतेको आन्दोलनपछि एकै मञ्चमा देखिने भएका हुन् । विद्या भण्डारीको निम्तो र मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा चार पूर्व प्रधानमन्त्रीसहित जनता समाजवादी पार्टी नेपालकाअध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । तत्कालीन एमाले महासचिव मदन भण्डारीको जन्मजयन्ती पर्सि असार १४ गते ७५ औँ हो । जन्मजयन्तीका अवसरमा मदनबारे नेताहरूले चर्चा गर्नुका साथै पुरस्कार वितरण गरिने कार्यक्रम छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनेछन् ।

उनीहरू त्यहाँ ‘नेपालको कम्युनिस्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह’मा सहभागी हुनेछन् । समारोहमा हुने राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको साझा उपस्थितिका कारण पनि अर्थपूर्ण रूपमा हेरिएको छ । मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे केन्द्रित उक्त कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू एउटै मञ्चबाट धारणा राख्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *