July 22, 2026

केन्द्रीय सदस्य पदका लागि स्वर्णिम वाग्ले र सोबिता गौतमले ल्याए सर्वाधिक मत

0
sobitag

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी मत ल्याएका छन् । रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको मतदानको मतपरिणाम सार्वजनिक गरिएको हो । चुनावमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्लेले २६०७ मत प्राप्त गरेका छन् ।

त्यस्तै कानुनमन्त्री समेत रहेकी सोबिता गौतमले दोस्रो धेरै मत पाएकी छन् । गौतमले सर्वाधिक २५९४ मत प्राप्त गरेकी छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार गणेश पराजुलीले २०४५ मत, मनिष झाले २२३७ मत, विपीन आचार्यले २१२६ मत प्राप्त गरेका छन् । प्रवासबाट भएको मतदानको मत भने जोड्न बाँकी छ । उक्त मत जोडेपछि विजयी भएका ९९ जना केन्द्रीय सदस्यको सूची घोषणा गरिने आयोगले जनाएको छ ।

प्रवासतर्फको शतप्रतिशत मत पाउन सफल भएपछि वाग्लेको कुल मत संख्या २,६५६ पुगेको छ । निर्वाचन आयोगका अनुसार गौतमले प्राप्त गरेको यो मत हालसम्मको खुलातर्फको मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *