बालेन ओली भन्दा धेरै मत अगाडी, रवि लामिछाने र महावीर पुन भारी मतका साथ विजयी

नेपाल दर्पण, काठमाडौं ।

झापा–५ बाट उम्मेदवार बनेका रास्वपाका वरिष्ठ नेता बालेन साह पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली भन्दा धेरै मत अगाडी रहेका छन । रास्वपा उम्मेदवार शाहले ३९ हजार २८४ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले १० हजार २ सय ९३ मत मात्र प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले ६ हजार ३ सय २४ मत पाएका छन् ।

यता चितवनमा रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका छन् । उनी ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी मीना खरेल १४ हजार ५६४ मत ल्याइन् । उनीहरूबीचको अन्तर ३९ हजार ८३८ देखिएको छ ।

यस्तै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र उम्मेद्वार पुनले नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले भन्दा तीन गुणा बढी मत प्राप्त गरि विजयी भएका हुन । स्वतन्त्र उम्मेद्वार पुनले २२ हजार ८५० मत प्राप्त गरि विजयी हुँदा उनका प्रतिद्वन्द्वी हरिकृष्ण श्रेष्ठले ७ हजार ११९ मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत गरेका छन । नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *