रसुवा बाढीमा बेपत्ता भएकालाई मृतक घोषणा गर्न अध्यादेश जारी

नेपाल दर्पण, काठमाडौं ।
रसुवा बाढीमा बेपत्ता भएकाहरूलाई मृतक घोषणा गर्न सरकारले ल्याएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् । मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेका हुन् ।
संविधानको धारा १४४ को उपधारा १ अनुसार राष्ट्रपति पौडेलले उक्त अध्यादेश बुधबार जारी गरेका हुन् । विपद्मा बेपत्ता रहेकाहरूको हकमा मृत्यु दर्ताको समयावधि उक्त अध्यादेशले छोट्टाएको छ । यसअघि बेपत्ता भएका व्यक्तिको हकमा १२ वर्षपछि मात्रै मृत्यु दर्ता गर्नसक्ने प्रावधानलाई संशोधन गर्दै ४५ दिनभित्र मृत्यु दर्ता कायम गर्नसकिने व्यवस्था सरकारले उक्त अध्यादेशमार्फत गरेको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार मन्त्रिपरिषद्बाट सिफारिस भएको उक्त अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले सिफारिस गरेका हुन् ।
