मुम्बईः कल्याण–डोंबिवलीमा नेपाली विद्यार्थीहरुलाई निःशुल्क लेखन पुस्तक वितरण

नेपाल दर्पण,मुम्बई ।
संयुक्त नेपाली महासंघ, कल्याण–डोंबिवली शाखाले पनि मुम्बई तथा आसपासका नेपाली विद्यार्थीहरुलाई निःशुल्क लेखन पुस्तक वितरण गरेको छ । गत आइतवार, डोंबिवली पूर्व स्थित माऊली हल, भोईरवाडी–खम्बालपाडामा सम्पन्न उक्त कार्यक्रम उपाध्यक्ष (अर्थ र संगठन) रेशममलाल डी. श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको थियो भने सञ्चालन सचिव राजु सुर्य मल्लले गरेका थिए भने कार्यक्रमको अध्यक्षता शाखा उपाध्यक्ष (शिक्षा र संस्कृति ) श्रीमती बिष्णुमाया थापाले गरेकी थिइन । कार्यक्रममा झण्डै ५ दर्जन बढी विद्यार्थीहरु लेखन पुस्तिका वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कल्याण–डोंबिवली महानगरपालिका वार्ड नं. ४६ का नगरसेवक साई शिवाजी शेलार रहेका थिए । यसैगरि कार्यक्रममा केन्द्रीय अध्यक्ष पूर्ण बहादुर कुँवर, वरिष्ठ सल्लाहकार जगत बहादुर सिंह, ठाणे जिल्ला विभाग प्रमुख धिर बहादुर रावल, केन्द्रीय कोषाध्यक्ष राज रावल, केन्द्रीय सह–महामन्त्री सुरज बोगटी, केन्द्रीय अर्थ–मन्त्री चन्द्र सिंग, कार्यकारिणी समिति सदस्य प्रेम बैक लगायत नरेश साउँद, पूर्ण बहादुर बोहराको गरिमामय उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा कल्याण–डोंबिवली शाखाका अध्यक्ष रेवती राज घिमिरे, नरेश साउँद, सल्लाहकार प्रमुख यज्ञ प्रसाद पौडेल, शाखा उपाध्यक्ष (शिक्षा र संस्कृति) श्रीमती बिष्णुमाया थापा, शाखा कोषाध्यक्ष केशवराज बराल, सह–सचिव रवीन्द्र सुवेदी, अर्थ–सचिव होम प्रसाद खनाल संगठन सचिव श्रीमती यमकला थापा, शिक्षा सचिव श्रीमती सुमिना थापा, कार्यकारिणी समिति सदस्य श्रीमती अनिता बराल, श्रीमती रमी राना, श्रीमती लक्ष्मी थापा, श्रीमती सुनिता पल्ली श्रीमती गोमाया थापा, टीकाराम शर्मा, टोप बहादुर थापा, शंकर प्रसाद पौडेल, जय बहादुर थापा, बिष्णु रावल, सामाजिक कार्यकर्ता किशोर अधिकारी, प्रकाश पोखरेल, बसुन्धरा पौडेल, श्रीमती उमा थापा, घनश्याम, कुँवर समाजका ललित कुँवर र भुल समाजका राजु भुल, महेश रावल उपस्थित थिए । कार्यक्रममा उपस्थित सबै पदाधिकारी तथा आगन्तुक अतिथीहरुले आ–आफ्नो मन्त्व्य राखेका थिए । कार्यक्रममा २५ जनाले महासंघको आजीवन सदस्यता ग्रहण गरेका थिए ।
