July 21, 2026

मुम्बईमा महासंघद्धारा झण्डै ३५० जना विद्यार्थीलाई शैक्षिक सामग्री, मेडल र प्रमाणपत्र वितरण

0
ms

नेपाल दर्पण, मुम्बई ।

संयुक्त नेपाली महासंघ मुम्बईले मुम्बई तथा आसपासमा रहदै आएका अध्ययनरत नेपाली विद्यार्थीहरूलाई निःशुल्क नोटबुक, शैक्षिक सामग्री, ट्रफी, प्रमाणपत्र र नगद राशी वितरण गरेको छ । हरेक वर्ष संघले खासगरि नेपाली विद्यार्थीहरूलाई लक्षित गरि उक्त कार्यक्रम गर्दै आएको हो । मुम्बईको दादरस्थित नायर हलमा आइतवार आयोजित सो कार्यक्रममा कक्षा १ देखि १२ सम्मका सैकडौं विद्यार्थीहरूलाई शैक्षिकसामग्री वितरण गरिएको थियो ।

विद्याकी देवी सरस्वती पूजन तथा दीप प्रज्वलन गरि शुरुवात गरिएको उक्त कार्यक्रमको अध्यक्षता महासंघकी उपाध्यक्ष (शिक्षा तथा संस्कृति) श्रीमती सीता काफ्लेले गरेकी थिइन भने मुख्य अतिथि महासङ्घका सल्लाहकार एवं व्यवसायी शिव कुमार बिष्ट रहेका थिए । कार्यक्रममा मुख्य अतिथि तथा शिक्षाविद बिष्टले विद्यार्थीहरूलाई टेक्नोलोजी ए.आइ. सम्बन्धी महत्वपूर्ण जानकारी गराएका थिए । यस्तै संस्थाका केन्द्रिय सल्लाहकार तथा सह–प्रमुख मनोज कोटालले महासंघको तर्फबाट बिद्यार्थीहरुलाई निःशुल्क ए.आई., च्याट जिटीपी लगायतका वर्कसपको प्रशिक्षण चाहेमा इच्छुक व्यक्तिहरूको बिवरण नामावली आएको खण्डमा गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा कोटालले राज्य स्तरीय खेलाडी तथा महासंघकी आजिवन सदस्य सुश्री रेणुका खनाललाई आगामी दिनहरुमा उनले खेल्ने हरेक खेलहरुमा कोटाल म्यानेजमेन्ट द्वारा स्पोन्सरसीप दिने र यसका लागि आवश्यक करार गर्ने जनाएका थिए ।

उपाध्यक्ष (अर्थ तथा संगठन) रामलाल पन्थ र शिक्षा सचिव श्रीमती मेखा चौहानले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा अतिथिहरूलाई शैक्षिक स्वागत गरि शुरु भएको उक्त कार्यक्रमलाई महामन्त्री भीमराज गैरेले कुशलतापूर्वक सञ्चालन गरेका थिए । कार्यक्रममा सल्लाहकार प्रमुख रविचन्द्र भट्टराई, महिला प्रमुख श्रीमती विष्णा बिष्ट, वरिष्ठ सल्लाहकार जगतबहादुर सिंह, सम्पादक मण्डल प्रमुख ताराप्रसाद शर्मा, नेपाल– भारत सम्पर्क प्रमुख युवराज न्यौपाने, अभिनेत्री तथा मोडल श्रीमती नितु कोइराला, मनकामना एकता फाउण्डेशनका पूर्व महासचिव टेकप्रसाद पराजुली लगायत विशिष्ट व्यक्तित्वहरूको महत्वपूर्ण उपस्थिती रहेको थियो । यसैगरि कार्यक्रममा भारतीय जनता पार्टीकी महिला मन्त्री सुश्री श्रद्धा सिंह, ज्वाइनिङ अर्गानाइजेशनकी अध्यक्ष श्रीमती निर्मला ठाकुर, शिवसेना (उद्धव ठाकरे) पक्षका राजेन्द्र थलारी, अल कुँवर कम्युनिटी असोसिएशनका जेष्ठ नागरिक धनबहादुर कुँवर, समाजसेवी मदन कुँवर, प्रवासी नेपाली मातृभूमि संस्थाका प्रमुख डम्बर रावल, खप्तडी खड्का समाजका अध्यक्ष टोपराज खडका, सुदूरपश्चिम एकता समाज, ने.ज.स.पश्चिम् भारतका पूर्व अध्यक्ष उदयराज खडका, प्रवासी नेपाली सँघ भारत महाराष्ट्र राज्य समिति अध्यक्ष पदम बम, सचिवालय सदस्य लक्ष्मी धमाला, नेपाली समाज कल्याण सँघका पूर्व अध्यक्ष मदन परियार, पूर्व महासचिव प्रकाश आउजी, गोयला पानी समाजका अध्यक्ष महेश राज रेग्मी, पशुपतिनाथ एकता सामाजिक संस्थाका अध्यक्ष किर्ति आगरी, हाम्रो छहारी प्रतिनिधि राम तिरुवा, महालक्ष्मी मन्दिर मुम्बईका समिति सदस्य बिजु घरत, वार्ड क्रमाङ्क १२५ का शिवसेना नगरसेवक सुरेश आउले लगायतको गरिमामय उपस्थित रहेको थियो ।

यस्तै कार्यक्रममा डक्टर एस.डी सिँह, सल्लाहकार समिति सदस्य भरत रावल ,पूर्व अध्यक्ष धिर बहादुर रावल, निवर्तमान महामन्त्री विष्णु काफ्ले, सदस्य हरिलाल शर्मा, कानुनी सल्लाहकार अधिवक्ता श्री एम.डि.रावल, सह–महामन्त्री सुरज बोगटी, कोषाध्यक्ष राज रावल, उपाध्यक्ष (शिक्षा तथा संस्कृति) श्रीमती सीता काफ्ले, सांस्कृतिक मन्त्री श्रीमती बैजन्ती रावल, शिक्षा सचिव श्रीमती मेखा चौहान, संगठन मन्त्री कृष्ण आचार्य, अर्थमन्त्री चन्द्रसिंह, महिला प्रमुख श्रीमती विष्णा, महिला सह–प्रमुख श्रीमती कल्पना रावल लगायत कार्यसमिति सदस्य प्रेम बैक, नवराज शर्मा, राजकुमार क्षेत्री, हंस तिरुवा, नरेश सावद, श्रीमती निरु भुसाल, श्रीमती साधना थापा, श्रीमती गीता शाही, श्रीमती कमला लामगादे, पूर्व शिक्षा मन्त्री श्री मधु चुहान लगायतको उपस्थिती रहेको थियो । त्यसैगरी कल्याण शाखाका अध्यक्ष रेवती घिमिरे, उपाध्यक्ष रेशमलाल श्रेष्ठ, डाक्टर सुरज रेशमलाल श्रेष्ठ, होमप्रसाद खनाल, सचिव राजु मल्ल, कोषाध्यक्ष केशव बराल, महिला प्रमुख श्रीमती सरिता रेग्मी, रवि सुवेदी लगायत गोरेगाउँ शाखाकी सचिव श्रीमती लक्ष्मी कार्की, कमल पाण्डे, श्रीमती पूजा पाण्डे, श्रीमती सबिता पाण्डे लगायत उपस्थित रहेका थिए । कार्यक्रमलाई समापन गर्दै केन्द्रिय अध्यक्ष पूर्ण बहादुर कुँवरले निःशुल्क लेखन पुस्तिका वितरण तथा छात्रवृत्ति कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दानदाता, सहयोगी संस्था तथा स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा झण्डै ३५० जना विद्यार्थीहरूलाई निःशुल्क लेखन पुस्तिका वितरण गरिएको थियो । विशेष गरी कक्षा १० र १२ का उत्कृष्ट (टपर) विद्यार्थीहरूलाई विशेष पुरस्कार साथै उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारको साथमा सम्मानपत्र तथा मेडल द्वारा विशेष सम्मान प्रदान गरिएको थियो । स्मरण रहोस संघले पहिले देखिनै विभिन्न सामाजिक कार्य गर्नुका साथै मुम्बईमा अध्ययनरत विद्यार्थीहरूको पठन क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित संस्था अघिबढिरहेको संस्थाका विविध पदमा आसिन प्रतिनिधिले कार्यक्रमलाई सम्बोधन गर्दै जानकारी गराएका थिए । नोटबुक वितरण पश्चात् विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए भने अभिभावकहरुले संस्थाको यस सराहनीय कार्यप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले यस प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरूको बौद्धिक दायरा फराकिलो बनाउन मद्दत गर्नुका साथै मनोबल उच्च बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित धेरैजसो व्यक्तिहरुले संस्थाको यस निःशुल्क बुक वितरण अभियानलाई निकै स्वागतयोग्य र उदारणीय कदम भनेका छन् । सोहि कार्यक्रममा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३ औ जयन्ती समेत मनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *