July 21, 2026

पाटी एकता हुदैनः ओली, प्रचण्डको ‘अन्तिम क्रमभंगता’ के होला ?

0
olip

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले अन्य कुनै पार्टीसँग एकता नगर्ने बताएका छन । को सम्भावना नरहेको बताएका छन् । ओलीले एकता गर्नुभन्दापनि सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका साथ संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता रहेको बताए ।

मंगलबार पार्टी कार्यालय च्यासलमा राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै एकताको भ्रममा नपर्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् । “हामी समूहगत र संस्थागत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौं,” उनले भने । लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जरुरी रहेको धारणा ओलीको छ ।

ओलीले भाद्र २३ र २४ गते भएको तोडफोड, हिंसा, हत्या र लुटपाटका घटनालाई वैधानिकता दिने काम भएको बताएका छन् । ओलीले विभिन्न शक्तिहरूले संवैधानिक रूपमा नसकेपछि असंवैधानिक तवरले तोडफोड, हिंसा, हत्या र लुटपाट जस्ता उपद्र मचाएर सरकार ढाल्ने बाटो रोजेको र त्यसलाई अहिले वैधानिकता दिने काम भएको बताएका हुन् । त्यस्तै अध्यक्ष ओलीले विश्वकप फुटबलमा नेपालभन्दा साना र भर्खरै विकासशील चरणमा प्रवेश गरेका देशहरुले उत्कृष्ट प्रदर्शन गर्दा नेपालमा भने सरकारको हस्तक्षेपका कारण एन्फा कारवाहीमा परेको तर्क गरे ।

ओलीले अब एकता नहुने भनेपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले के गर्लान भन्ने प्रश्न उठिरहेको छ । उनले केहि दिनयता एउटा शब्दलाई निरन्तर दोहो¥याइरहेका छन– ‘अन्तिम क्रमभंगता’। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले १२ असारमा विराटनगर पुगेर आफूले निरन्तर क्रमभंग गर्दै आएको र अब अन्तिम क्रमभंगको तयारीमा रहेको बताए । १४ असारमा पनि उनले यही विषय दोहो¥याए । मदन भण्डारीको ७५ औँ जयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित ‘विचार गोष्ठी’मा उनले क्रमभंग निरन्तर भइरहनुपर्ने प्रक्रिया भएको बताए । ‘अन्तिम क्रमभंग’ भनेर उनले ठ्याक्कै के संकेत गर्न खोजेका हुन् भन्ने अझै खुलाएका छैनन् । यही कारण अहिले पार्टीभित्र र बाहिर दुवैतर्फ त्यसको अर्थबारे अनेक व्याख्या भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *