June 14, 2026

मैले बदमासी गरेको छैन तर तपाईंहरुका सबै काण्डहरु भने खुल्नेछन्ःस्वर्णिम वाग्ले

0
swagle

नेपाल दर्पण, काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गरेका छन् । उनले सार्वजनिक लेखा समितिमा समेत आफूविरुद्ध आएका समाचारहरूको खण्डन गरेको उल्लेख गर्दै जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिबद्धता व्यक्त गरे।

आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एकदुई वटा खोस्टाहरूले २ अर्बको आशंका इत्यादि भनेर लेखे । तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु ।’

उनले यस्तै नैतिक आँट र नैतिक उचाइ आफूप्रति औंलो ठड्याउने सांसदहरुमा पनि हुनुपर्ने बताए । उनले थपे, ‘तपाईंका काण्ड बारेमा हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन् ।’सांसदहरूले आफ्नो गरिमा आफैं राख्नुपर्छ भन्दै उनले सम्मानित सदनको ओज घटाउने कामतर्फ लाग्नु नहुने बताए ।

‘स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो भन्ने पनि सुनियो । सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी जनतालाई धोका दिन सक्छौं र ?’ उनले भने । अर्थमन्त्री वाग्लेले आफूहरुले अस्थिरतालाई चिर्न खोजेको बताए । ’नयाँ दिशा लिन खोजेका हौं,’ उनले भने, ’ बजेट सर्वस्व होइन । २१ खर्बले बिउ रोप्ने मात्रै हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *