सञ्चार तथा सूचना प्रविधि र भौतिक पूर्वाधार मन्त्रालयका ३६ र २० जना एकमुष्ट पदमुक्त
नेपाल दर्पण, काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका ३६ जना र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका २० जना पदाधिकारी एकैमुष्ट पदमुक्त भएका छन् । सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश राजपत्रमा सार्वजनिक भएसँगै करिब १६ सय पदाधिकारीहरू एकैसाथ पदमुक्त भएका हुन् । सोही अन्तर्गत सञ्चार मन्त्रालय मातहत रहेका ९ वटा निकायका पदाधिकारीहरू पदमुक्त भएका हुन् । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पदमुक्त भएका ३६ जनाको नामवाली सार्वजनिक गरेको छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका २० जना पदाधिकारी पदमुक्त भएका छन् । उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै भौतिक पूर्वाधार तथा यातामन्त्रालयसहित विभिन्न मन्त्रालय मातहतका करिब १६ सय पदाधिकारी एकैसाथ पदमुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्षसहित १३ पदाधिकारी, सडक बोर्ड नेपालका ४ र नेपाल रेल्वे बोर्ड ३ जना पदाधिकारी पदमुक्त भएका हुन् ।
