नेपाल दर्पण, काठमाडौं ।
धेरै विवादमा तानिएपछि अन्ततः गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन । राजीनामा दिँदै उनले ‘पदभन्दा नैतिकता र जनविश्वास ठूलो’ भन्दै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नहोस् भनेर मार्गप्रशस्त गरेको बताएका छन् । जेनजी आन्दोलनका ४६ सहिदको रगतले बनेको सरकारमाथि प्रश्न उठेपछि नैतिकता देखाएको उनको भनाइ छ । गुरुङले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ’मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ’कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु । तर, जाँदाजाँदै उनले एउटा खम्बा नै गाडेका छन । मिडियातर्फ लक्षित गर्दै सुदनले भनेका छन्, ‘कति मिडियाकर्मी साथीहरूका कहाँ–कहाँ ‘स्विट सेयर’ छन्, बिस्तारै खुल्दै जाला !’ पद छाड्दै गर्दा सुदनले दिएको यो चेतावनीले अब कसको निद्रा हराम गर्ने हो ?
गुरुङले पदबाट राजिनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय आफैसँग राखेका छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहेको उल्लेख छ । चैत १३ गते प्रधानमन्त्री बनेका बालेनले अरू सबै मन्त्रालयको जिम्मेवारी तोके पनि रक्षा भने आफैँसँग राख्दै आएका छन् ।
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन…
नेपाल दर्पण, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालाले सर्वोच्च अदालतको फैसला…
नेपाल दर्पण, काठमाडौं । नेपाली कांग्रेस विवादमा सर्वाेच्च अदालतले दिएको फैसलापछि संकटमा परेको इतर समूह…
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…
नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…
नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…
This website uses cookies.