रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको रिट अस्विकार

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा पेस भएको रिट निवेदनमा दरपीठ आदेश गर्दै दर्ता अस्वीकार भएको छ । सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको हो । लामिछानेलाई सांसदको हैसियतले काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट पेश भएको थियो ।

सहकारी ठगी प्रकरणमा मुद्दा चलिरहेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलेको थियो तर यस अघिको सरकारले मुद्दा फिर्ता गर्न सिफारिस गरे पनि अझै विचाराधीन अवस्थामै रहेको छ । बडालले दिएको रिटमा लामिछानेविरुद्ध दर्ता भएका सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा कामकारबाहीमा रोक लगाउन माग गर्दै बडालले रिट पेस गरेका थिए ।

प्रशासनिक दरपीठ आदेशविरुद्ध बडालले सर्वोच्च अदालतमै फेरि अर्को निवेदन दिन पाउने कानुनी सुविधा छ । उक्त निवेदनमा सर्वोच्च अदालतको एक न्यायधीशको एकल इजलासले सुनुवाइ गरी दरपीठ आदेश बदर गरेमा अदालत प्रशासनले निवेदन दर्ता गर्नुपर्छ । बडालले पेश गरेको रिटमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४’ को दफा २७ अनुसार कुनै राष्ट्रसेवकविरुद्ध मुद्दा दायर भएको अवस्थामा मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बन हुने बाध्यात्मक व्यवस्था रहेको दाबी पनि गरेका थिए ।

Chief Editor

Recent Posts

गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा, प्रधानमन्त्रीले आफैसँग राखे गृह मन्त्रालय

नेपाल दर्पण, काठमाडौं । धेरै विवादमा तानिएपछि अन्ततः गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन…

22 hours ago

गगनलाई नेता मान्न कोइराला परिवार सहमत, साझा संयन्त्र निर्माण गर्न देउवा पक्षको प्रस्ताव

नेपाल दर्पण, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालाले सर्वोच्च अदालतको फैसला…

4 days ago

सर्वोच्चले झड्का दिएपछि कांग्रेस इतर समूह छलफलमा, एकढिक्का बनौंःगगन थापा

नेपाल दर्पण, काठमाडौं । नेपाली कांग्रेस विवादमा सर्वाेच्च अदालतले दिएको फैसलापछि संकटमा परेको इतर समूह…

5 days ago

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…

7 days ago

२०६२ देखि सार्वजनिक उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठन

नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

1 week ago

पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…

1 week ago

This website uses cookies.