गगनलाई नेता मान्न कोइराला परिवार सहमत, साझा संयन्त्र निर्माण गर्न देउवा पक्षको प्रस्ताव

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालाले सर्वोच्च अदालतको फैसला स्वीकार गगन पक्षमा जाने निर्णय गरेका छन भने यता, नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५ औँ महाधिवेशन सहमतिमै सम्पन्न गर्न पूर्ण अधिकारसहितको साझा संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन् । निवर्तमान उपसभापति धनराज गुरूङले शेखर र शशांक कोइराला पक्षबीच भएको छलफलमा अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा लाग्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

‘लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्नेहरूले न्यायलयको फैसला नमान्ने कुरा हुँदैन, हामी लोकतन्त्रवादीहरू स्वतन्त्र न्यायलयको फैसला स्वीकार गरिहाल्छौं, गर्दै आएको पनि हो,’ उनले भने, ‘यो पार्टीलाई अझ सुधार गरेर लैजाने जिम्मेवारीबोध हामी सबैलाई भएको छ । हामी पार्टीको बृहत्तर हित र एकताका पक्षमा लाग्छौं ।’ छलफलले गगन थापा नेतृत्वलाई स्वीकार गरेर अघि बढ्ने पनि निष्कर्ष निकालेको छ । ‘अदालतको फैसला स्वीकार गरिसकेपछि गगन थापा नेतृत्व अस्वीकार भन्ने कुरा रहेन नि !,’ गुरूङले भने, ‘हामी सबै पार्टीको बृहत्तर हितमा उभिने हो ।’उनले निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षले आज धुम्बाराहीमा राखेको छलफलमा आफूहरू सहभागी नहुने पनि बताए ।

छलफलमा निवर्तमान उपसभापति गुरूङ, पूर्वमहामन्त्री शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, चन्द्रमोहन यादव, सीता थपलियालगायत सहभागी थिए । खड्का निवासमा भएको छलफलमा पनि कोइराला पक्ष सहभागी भएको थिएन ।

Chief Editor

Recent Posts

सर्वोच्चले झड्का दिएपछि कांग्रेस इतर समूह छलफलमा, एकढिक्का बनौंःगगन थापा

नेपाल दर्पण, काठमाडौं । नेपाली कांग्रेस विवादमा सर्वाेच्च अदालतले दिएको फैसलापछि संकटमा परेको इतर समूह…

3 days ago

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…

5 days ago

२०६२ देखि सार्वजनिक उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठन

नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

6 days ago

पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…

6 days ago

देशभर दोस्रो आर्थिक गणना हुँदै, 5 हजार जनशक्ति परिचालन

नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…

6 days ago

देशलाई अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यकः ज्ञानेन्द्र शाह

नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…

1 week ago

This website uses cookies.