नेपाल दर्पण, काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललितपुरको एक होटलमा जारी पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गरेका छन । दुई दिने उक्त कार्यक्रममा आज समापन हुने दिन बुधबार सम्बोधन गर्दै लामिछानेले भने,सांसद भएको सर्टिफिकेटले एकाएक ज्ञान नदिने त्यसका लागि अध्ययनको आवश्यकता पर्छ ।” आफू शक्तिशाली भएर चालचलन र व्यवहार नै परिवर्तन नगर्न पनि उनले आग्रह गरे ।
यस्तै, लामिछानेले स्वार्थसमूहको घर–घरमा दौडधुप नगर्न चेतावनी दिएका छन् । ललितपुरमा जारी पार्टीको अभिमुखीकरण कार्यक्रममा उनले आफ्ना सांसदलाई स्वार्थ समूहका घर–घर धाने प्रतिस्पर्धामा नलाग्न सचेत गराएका हुन् । उनले म केन्द्रित नभई देश केन्द्रित राजनीति गर्न सांसदहरूलाई सुझाए । मकेन्द्रित राजनीतिबाट उठ्न नसके पुराना दलको अहिलेको स्थितिभन्दा पनि खराब हुने तर्क उनले गरे । ‘शक्ति पाएपछि आँखामा जुन पट्टि आउँछ त्यो हामीले खोल्न सक्नुपर्छ’, उनले भने ‘नत्र जुन जनताले पुरानादलहरूलाई ३४–३५ वर्ष कुरे तिनले ३४–३५ दिन पनि कुर्नेवाला छैनन् ।’
लामिछानेले भने,‘संसारको कुनै पनि देशले विरलै पाउने यो अवसर तपाईं हामीले प्राप्त गरेका छौं । आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौं ।’ उनले अहिले पार्टीले पाएको सफलता सामान्य परिस्थितिले नभएर स–साना भाइबहिनीहरूले आफ्नो रगत बगाएर ल्याएको परिवर्तन भनेका छन् । उनले अर्को निर्वाचनमा कुनै पनि उम्मेदवारले भोट माग्न जान नपरोस भनेर काम बोलोस् भनेर भनेका छन् । उनले पूराना राजनीतिक दल र नेताहरुको त्याग र तपस्यालाई पनि सम्मान गरिनुपर्ने बताए । उनले थपे,‘इतिहास रचनामा एउटा मान्छे, एउटा नेताको हात हुँदैन, एउटा पार्टीको मात्रै हात हुँदैन । इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। उहाँहरूका कैयन् बेथितिहरूप्रति हाम्रो प्रश्न हो । तर इतिहासमा उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन ।’
लामिछानेले अहिले पार्टीले जितेको विषयलाई देशले जितेको भनेर चित्रण गरे । उनले थपे,‘यो रास्वपाले जितेको होइन, यो देशले जितेको हो, हामीले प्रमाणित गर्नुपर्ने छ । देशको विश्वविद्यालयहरूले काचुली फेर्नु पर्ने छ । उद्योग कलकारखाना चल्नुपर्नेछ । देशमा कामधन्दा निरन्तर चल्नुपर्ने छ । इम्प्लोइमेन्ट क्रिएट गर्नु पर्नेछ । मुलुक नया मान्छेहरूको हातमा गयो कहीँ अप्ठ्यारोमा पर्छ कि, लोकतन्त्र पो खतरामा पर्छ कि, कहीँ कतै अलिकति अधिनायकवाद आउँछ कि जस्ता जुन शंका भ्रम या आशंकाहरू कतै कतै भएको छ । म चासो राख्ने, सरोकार राख्ने सबैलाई बताउन चाहन्छु कि मुलुक राम्रो हातमा छ । विल ह्यान्डल इट विथ केयर, हामी यसलाई एकदमै केयरफुल्ली यो जनताले दिएको मतलाई अत्यन्त प्रेमका साथ अत्यन्त सौहार्दका साथ करुणाका साथ र अत्यन्त चनाखो भएर हामी काम गर्नेछौं ।’
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…
नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…
नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…
नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…
नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…
नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…
This website uses cookies.