नेपाल दर्पण, काठमाडौं
निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गरेको छ । आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची आज सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ । निर्वाचित भएका उम्मेदवारहरूलाई बिहीबार बिहान साढे ११ बजे प्रमाणपत्र वितरण गरिने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट ६ दलले समानुपातिक सिट पाए । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले चार÷चार सिट पाएका थिए । दलहरूले समानुपातिक बन्दसूचीबाट सोहीअनुसार नाम आइतबार आयोगलाई बुझाएका थिए ।
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…
नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…
नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…
नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…
नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…
नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…
This website uses cookies.