ज्ञानेन्द्र शाही, प्रचण्ड, रामबहादुर थापा र हर्क साम्पाङ संसदीय दलको नेता बन्ने

नेपाल दर्पण, काठमाडौं

गत २१ फागुनमा भएको निर्वाचनमा जुम्लाबाट प्रत्यक्षतर्फ जित निकालेका एकमात्र राप्रपाका ज्ञानेन्द्र शाही सांसद संसदीय दलको हुने भएका छन् । राप्रपाले समानुपातिकतर्फ चार सिट पाएको छ । जसमा भरत गिरी, खुश्बु ओली, सरस्वती लामा र ताहिर अली छन् ।

पाँच सदस्यीय संसदीय दलको नेतामा शाही चयन हुने भएका छन् । संसद्बाट यसपटक ६ दलको मात्रै प्रतिनिधित्व छ । एक जना महावीर पुन स्वतन्त्र सांसदको हैसियतमा रहनेछन् । पहिलो दल रास्वपाले एक्लै दुई तिहाई मत ल्याएको छ । रास्वपाका १८२ जना सांसद छन् । दोस्रो दल नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो छ । एमाले २५ सिट र नेकपा १७ सिटसहित चौथो दल बनेको छ । यस्तै, पाँचौ दलमा हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टी छ । उसले प्रत्यक्षतर्फ तीन सिट जितेको छ ।

समानुपातिक ४ सहित श्रम संस्कृति पार्टीको ७ सिटको प्रतिनिधित्व छ । एमालेले रामबहादुर थापालाई दलको नेता बनाउने तयारी गरेको छ । नेकपाले प्रचण्डलाई नै दलको नेता बनाउँदैछ । यस्तै, श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ आँफै दलको नेता हुनेछन् । नेपाली कांग्रेसमा पाका नेताको रुपमा अर्जुननरसिंह केसी छन् । उनले दलको नेताको रुपमा काम गर्नसक्ने चर्चा छ । यद्यपी उनी प्रत्यक्षमा नभई समानुपातिकतर्फबाट सांसद बनेका हुन् ।

Chief Editor

Recent Posts

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…

21 hours ago

२०६२ देखि सार्वजनिक उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठन

नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

2 days ago

पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…

2 days ago

देशभर दोस्रो आर्थिक गणना हुँदै, 5 हजार जनशक्ति परिचालन

नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…

2 days ago

देशलाई अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यकः ज्ञानेन्द्र शाह

नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…

4 days ago

महान् गायिका आशा भोसलेको निधन, बलिउडमा छायो शोक

नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…

5 days ago

This website uses cookies.