दुर्घटनामा परी मनकामना मन्दिर दर्शन गरेर फर्केका ७ भारतीयको मृत्यु, ७ घाइते

नेपाल दर्पण, काठमाडौं

मनकामना मन्दिर दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको कनटारमा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ७ जनाको घटनास्थलमै निधन भएको छ । निधन भएका सबै जना भारतीय नागरिक रहेको बताईन्छ ।

गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा चालकसहित १४ जना सवार रहेकोमा पाँच पुरुष र दुईजना महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । सातजना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि आबुँखैरेनीतर्फ पठाइएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार थिए । प्रहरीका अनुसार घटनास्थलमा ७ जनाको मृत्यु भएको छ । अरु यात्रुको भने उद्धार गरिएको छ ।

उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल नं।२९ गुल्म गोरखाबाट सुरक्षा फौज खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता ९डीएसपी० शैलेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *