रास्वपाका किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको आदेश, उम्मेदवारी कायम



नेपाल दर्पण, काठमाडौं
धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका किशोरी साह (कमल) को नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएसँगै साहको उम्मेदवारी कायम रहने भएको छ । उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा उल्लेख्य मत परेको छ । आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उमेदवार मात्रिका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेजी गरेपछि केन्द्रलगायतलाई विपक्षी बनाएर साहले रिट दायर गरेका थिए । साहले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले उनको नाम कालोसूचीबाट हटाउन अन्तरिम आदेश जारी गरेको हा ।

