निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएकी छन् । कार्की निर्वाचनको तयारी र विभिन्न प्रदेशको वस्तुस्थिति बुझ्ने क्रममा लुम्बिनी पुगेकी छिन् । लुम्बिनीमा उनले मुलुकमा शान्तिपूर्ण निर्वाचन सफलताको कामना गरेकी छिन् ।उनले बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरु तथा निर्वाचन सम्बद्ध अधिकारीसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिएकी थिईन् । त्यसक्रममा उनले अन्य दर्शनार्थी तथा स्थानीयसँग अन्तक्र्रिया पनि गरेकी थिईन् ।

शनिबार बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले सरकारको मुख्य कार्यादेश शान्तिपूर्ण र निष्पक्ष निर्वाचन भन्दै त्यसमै सबै ध्यान केन्द्रीत गर्न र भरपर्दो सुरक्षा रणनीति तयार गरेर अघि बढन निर्देशन दिएकी हुन् । प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरुबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी पनि लिएकी थिइन् । चुनावको मिति नजिकिएसँगै प्रधानमन्त्री कार्कीले अबको सुरक्षा रणनीति र सरकारको योजनाबारे निर्देशन दिएको प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले बताए ।

बैठकमा सहभागी सुरक्षा अधिकारीहरुले भारतीय सीमासँग जोडिएको लुम्बिनी प्रदेशको ५ सय १४ किलोमिटर क्षेत्रबाट हुन सक्ने जोखिमसहित त्यसलाई रोक्नसक्ने रणनीति तयार गरेर अघि बढेको प्रधानमन्त्रीलाई जानकारी दिइएको प्रमुख सचिव काप्रीले बताए । लुम्बिनी प्रदेशका तराईका ६ जिल्लाको खुला सीमा क्षेत्र मुख्य चुनौती भएको र पहाडी जिल्लामा अलग–अलग सुरक्षा चुनौती भएको जानकारी गराइएको थियो । बैठकमा सुरक्षा निकायका प्रमुखसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत अवस्था जानकारी गराएका थिए । प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति स्थापना गरी निर्वाचनमार्फत निकास दिन सफलता मिलोस् भनेर सर्वसाधारणले फूल दिएर शुभकामना दिएका थिए ।

Chief Editor

Recent Posts

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…

22 hours ago

२०६२ देखि सार्वजनिक उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठन

नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

2 days ago

पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…

2 days ago

देशभर दोस्रो आर्थिक गणना हुँदै, 5 हजार जनशक्ति परिचालन

नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…

2 days ago

देशलाई अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यकः ज्ञानेन्द्र शाह

नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…

4 days ago

महान् गायिका आशा भोसलेको निधन, बलिउडमा छायो शोक

नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…

5 days ago

This website uses cookies.