दंभ र अहंकारमा उभिएका ओली भन्छन रास्वापा चुनाव भाँड्नतिर लाग्यो

नेपाल दर्पण, काठमाडौं ।

आफुभित्र दंभ अहंकार बोकेका र जेनजी आन्दोलनमा भएको हत्याको आरोप खेपिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि नया नया आरोप लगाउन शुरु गरेका छन । यसपटक उनले रास्वापा चुनाव भाँड्न खोजेको आरोप लगाएका छन् । एमालेको झन्डा जलाएकोप्रति इंगित गर्दै ओलीले रास्वपाले आफ्नो पक्षमा नतिजा आउने अवस्था नदेखेपछि अस्वभनीय व्यवहार देखाउन थालेको टिप्पणी गरे। बिहीबार बेलुकी तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका रास्वपाका समर्थकहरूमध्ये केहीले एमाले अध्यक्ष ओलीविरूद्ध चर्को नाराबाजी गर्दै चुनाव चिह्न सूर्य अंकित झण्डा जलाइदिएका थिए ।

‘मलाई के लाग्छ भने रास्वपाले चुनाव जितिन्न भन्ने निष्कर्ष निकाल्यो । त्यहीकारण अत्यत्यन्तै अभद्र अमर्यादित र अस्वभाविक व्यवहार देखाउने, तनाव बढाउने यसप्रकारको कुराहरू देखाउन थालेको छ । उनीहरू चुनाव भाँड्ने पक्षमा गएको देखिन्छ’, उनले भने, ‘यसको अर्थ हो उनीहरू आफ्नो पक्षमा नतिजा आउँदा चुनाव हुन दिने, पक्षमा नतिजा नआउँदा भने चुनाव हुन नदिने पक्षमा देखिन्छन् । अहिले केहीदिन यताका घटनाक्रम देख्दा रास्वपाले चुनाव भाँड्न खोजेको देखिन्छ । झापा ५ का एमाले उम्मेदवारसमेत रहेका ओलीले चुनाव बलजफ्ती गर्ने विषय नभएको बताए । उनले निर्वाचन स्वच्छ प्रतिस्पर्धा, शान्तिपूर्ण वातारणमा धाँधलीरहित हुनुपर्नेमा जोड दिए ।

सो क्रममा उनले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएकोप्रति पनि टिप्पणी गरे । उनले संसद् विघटनसम्बन्धी मुद्दामा साधारण तारेख तोकिनु व्यवहारिक रुपमा अर्थहीन र प्रयोजनहीन भएको बताए । उनले भने,‘सर्वोच्च अदालतले त्यत्रो संवैधानिक प्रश्नमा, मुलुक यस्तो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनपथ्र्यो, निर्वाचनपछि यस मुद्दासम्बन्धी साधारण तारेख व्यवहारिक रुपमा अर्थहीन छ । प्रयोजनहीन छ ।’

Chief Editor

Recent Posts

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…

23 hours ago

२०६२ देखि सार्वजनिक उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठन

नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

2 days ago

पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…

2 days ago

देशभर दोस्रो आर्थिक गणना हुँदै, 5 हजार जनशक्ति परिचालन

नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…

2 days ago

देशलाई अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यकः ज्ञानेन्द्र शाह

नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…

4 days ago

महान् गायिका आशा भोसलेको निधन, बलिउडमा छायो शोक

नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…

5 days ago

This website uses cookies.