इलाम र बझाङमा एमाले अगाडी

नेपाल दर्पण, इलाम ।

इलाम–२ मा नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ७८० मतले अगाडि छन् । नेम्वाङले ३,२४९ मत ल्याउँदा उनलाई पछ्यारहेका खड्काले २,४६९ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७०३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बूले ४३४ मत पाएका छन् । रास्वपाका लिम्बू थेगिमभन्दा २६९ मतले पछाडि छन् ।

अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ को सातहजार ३४ मत गणना भएको छ । यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मरुतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार नै अगाडि रहेका छन् । यसअघिको परिणाममा दोस्रो बनेको माओवादी फेरि तेस्रो स्थानमा झरेको छ भने कांग्रेसले केही मत बढाएर एमालेलाई पछ्याइरहेको छ । मतान्तर घटाए पनि एमालेभन्दा कांग्रेस झण्डै ६०० मतले पछि छ ।

पछिल्लो सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले २६३८ मतका साथ अगाडि छन् । नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले २०२४ र माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले १७१७ मत ल्याएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९६२ मत पाएका छन् । शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना कडा सुरक्षाका बीच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *