October 20, 2026

बडादसैं र तिहार नजिकिएसँग काठमाण्डौ छाड्ने र विदेशबाट आउनेको लर्को

0
videsh

नेपाल दर्पण, काठमाडौं ।

नेपालीहरूको महान् चाड बडादसैं र तिहार नजिकिएसँगै काठमाण्डौबाट झण्डै ५ लाख मानिसहरु आफ्नो आफ्नो घरतिर फर्किएका छन । घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । दसैँमा उपत्यका छाड्को संख्या बढ्सँगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ ।

अर्कोतिर दसैं र तिहार नजिकिएसँगै विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कने क्रम जारी रहेको छ । विशेषगरी दसैंमा मान्यजनको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने तथा तिहारमा दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालीहरू बिदा मिलाएर घर फर्कने गरेका छन् ।

विदेशमा रहेर रोजगारी तथा अध्ययन गरिरहेका नेपालीहरूका लागि चाडपर्व परिवारसँग समय बिताउने, आफन्तसँग भेटघाट गर्ने र आफ्नो संस्कृति तथा परम्परासँग जोडिने विशेष अवसरका रूपमा रहने गरेको छ । दसैं–तिहार नेपाली समाजमा पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र आत्मीयता साटासाट गर्ने पर्वका रूपमा परिचित छन् । यही अवसरमा विदेशमा रहेका नेपालीहरू पनि आफ्नो जन्मभूमि फर्किएर परिवारसँगै चाडपर्व मनाउन चाहन्छन् । त्यसैले चाडपर्वको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट स्वदेश फर्किने यात्रुहरूको लर्कोनै लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *